फुटबल

बि डिभिजन लिगमा आज एक खेल हुँदै, अंक तालिका सहित

बि डिभिजन लिगमा आज एक खेल हुँदै, अंक तालिका सहित

२९ फागुन २०७६ काठमाडौँ: बी डिभिजन लिगमा आज एक खेल मात्रै हुँदै छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज हुने बी डिभिजन लिगको ३:३० बजे हुने खेलमा टुसाल क्लबले खुमलटार युथ क्लबको सामना गर्दै छ ।

टुसाल क्लब ६ अंक जोड्दै लिग तालिकाको पाँचौ स्थानमा रहेको छ भने खुमलटार युथ क्लब ९ अंक जोड्दै लिगको लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । दुवै टोलीले तिन -तिन खेल खेलेका छन् ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।