आईपिएल २०२०: ओरेन्ज क्याप जित्न सक्ने ४ खेलाडी
आईपिएल २०२०: ओरेन्ज क्याप जित्न सक्ने ४ खेलाडी
३० फागुन २०७६ एजेन्सी: इन्डियाको घरेलु टी-२० क्रिकेट प्रतियोगिता आईपिएलको १३ औं समस्करण २९ मार्च देखि सुरु हुँदै छ । इन्डियाको घरेलु टी-२० क्रिकेट प्रतियोगिता आईपिएलको १३ औं समस्करण २९ मार्च देखि मे २४ सम्म चल्ने छ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियनस र चेनाई सुपर किंग्स बिचको खेल २९ मार्चमा हुने छ।
आईपिएल खेललाइ बिग स्कोरिंग गेम पनि भन्ने गरिन्छ । आईपिएल खेलमा सर्वाधिक रन बनाउने खेलाडी समानन् सोरुप ओरेन्ज क्याप पाउने गर्छन । यो भन्दा अगाडीको समस्करणमा सनराइजर्स हैदरावादबाट खेलेका अस्ट्रेलियाका ब्याट्सम्यान डेविड वार्नरले सर्वाधिक ६९२ रन बनाउदै ओरेन्ज क्याप जितेका थिए ।

डेविड वार्नर: डेविड वार्नरन सनराइजर्स हैदरावाद कप्तान हुन् । उनलाइ हालै सनराइजर्स हैदरावाद कप्तान घोषणा गरिएको छ । डेविड वार्नर आईपिएलमा सर्वाधिक ओरेन्ज क्याप जित्ने रेकोर्ड रहेको छ । सन् २०१५ (५६२ रन ) ,२०१७(६४१ रन) र २०१९(६९२ रन) गरी ३ पटक सम्म ओरेन्ज क्याप जित्न सफल भएका छन् । यो बर्ष पनि डेविड वार्नर ओरेन्ज क्याप जित्ने सम्भावना रहेको छ ।

के एल राहुल: के एल राहुल किंग्स इलेवन पंजाब खेल्ने गर्छन । सन् २०१८ को आइपीएलमा के एल राहुल सर्वाधिक रन कर्ता सुचीको तेस्रो स्थानमा रहेको थिए । सन् २०१८ मा १४ म्याचबाट ६५९ रन बनाएका थिए भने २०१९ मा १४ म्याचबाट ५९३ रन बनाउन सफल भएका थिए । के एल राहुल भारतिय टिमबाट पनि राम्रो प्रदशन गर्दै आईरहेका छन् । भारतिय टिमबाट पनि राम्रो प्रदशन गर्दै आईरहेका कारणले गर्दा के एल राहुलले ओरेन्ज क्याप जित्ने अनुमान गरिएको छ ।

विराट कोहली: भारतीय टोलिका तथा रोयल च्यालेन्जर्स बेङ्गलोरको कप्तान विराट कोहोली एक सफल ब्याटम्यान हुन् । कप्तान विराट कोहोली आईपिएल क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले आईपिएलमा १७७ खेल खेल्दैँ ५४१२ रन बनाएका छन । यस क्रममा उनले ५ सतक र ३६ अर्धसतक बनाएका छन । कप्तान विराट कोहोलीले सन् २०१६ मा १४ म्याचबाट ९७३ रन बनाउदै ओरेन्ज क्याप जित्न सफल भएका थिए ।

क्विन्टन डे कोक: दक्षिण अफ्रिकाको कप्तान क्विन्टन डे कोकले सन् २०१३ देखि आईपिएल खेली रहेका छन् । विकेट किपर क्विन्टन डे कोकले आईपिएलमा ५० खेल खेल्दैँ १४५६ रन बनाएका छन् । सन् २०१९ को आईपिएलमा १४ खेलबाट ५२९ रन बनाउन सफल भएका थिए । क्विन्टन डे कोक जुनसुकै अवस्थामा फिट हुन् सक्ने खेलाडी भएका ओरेन्ज क्याप दौउरमा उनलाई रख्न सकिन छ ।दक्षिण अफ्रिकाको कप्तान क्विन्टन डे कोक मुंबई इंडियंसबाट खेल गर्छन् ।
