बि डिभिजन लिग:खुमलटार र टुसालको बराबरि
२९ फागुन २०७६ काठमाडौँ: बी डिभिजन लिगमा आज एक खेल मात्रै भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको बी डिभिजन लिगको खेलमा टुसाल क्लबल र खुमलटार युथ क्लबको खेल २-२को बराबरिमा सकिएको छ।
पहिलो हाफमा खुमलटार २-१ ले अघि रहेको थियो।
खेलमा सुरुवाती अग्रता टुसाल युथ क्ल्बले लिएको थियो। मोहित गुरुङले ७ औं मिनेटमा गोल गर्दै टुसाललाई सुरुवाति अग्रता दिलाएका थिए।
तर खुमलटारका महेश राइले १६ औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरि ल्याएका ।
त्यसपछी खुमलटारले खेलमा अग्रता लिन सफ्ल भयो।
सबिन केसिले २९ औं मिनेटमा गोल गर्दै खुमलटारलाई २-१ को अग्रता दिलाउन सफ्ल भए ।
दोस्रो हाफको ६१ औं मिनेटमा टुसालका सन्तोष दाहालले गोल गर्दै खेललाई २-२ को बराबरिमा ल्याउछन् र हारबाट जोगाउ छन् ।
बराबरिगरेसंगै टुसाल क्लब ७ अंक रहेको छ।टुसाल हाल लिग तालिकाको पाँचौ स्थानमा रहेको छ भने खुमलटार युथ क्लब १० अंक जोड्दै लिगको लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । दुवै टोलीले तिन-तिन खेल खेलेका छन् ।
ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।
सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।
