खेलकुदफुटबल

बि डिभिजन लिगमा आज दुई खेल हुँदै-सम्पूर्ण जानकारी

बि डिभिजन लिगमा आज दुई खेल हुँदै-सम्पूर्ण जानकारी

१५ फागुन २०७६ काठमाडौँ: बी डिभिजन लिगमा आज दुइ खेल हुँदै छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज हुने बी डिभिजन लिगको पहिलो खेल श्री भगवती क्लब बिरुद्ध मध्यपुर युथ एसोसिएसन बिच हुँदै छ भने दोस्रो खेल टुसाल क्लबले सातदोबाटो युथ क्लबबिरुद्ध खेल्दै छ ।

श्री भगवती क्लब र मध्यपुर युथ एसोसिएसन क्लबबिच पहिलो खेल १२:३० बजे देखि सुरु हुँदै छ भने टुसाल क्लब र सातदोबाटो युथ क्लबको दोस्रो खेल ३:३० बजे देखि सुरु हुँदै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिग चैत २३ गते सकिनेछ ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।