क्रिकेट

आईपिएल २०२०: अप्रिल १५ सम्म विदेशी खेलाडीले सहभागिता जनाउन नपाउने

आईपिएल २०२०: अप्रिल १५ सम्म विदेशी खेलाडीले सहभागिता जनाउन नपाउने

२९ फागुन २०७६ एजेन्सी: इन्डियाको घरेलु टी-२० क्रिकेट प्रतियोगिता आईपिएलको १३ औं समस्करण २९ मार्च देखि सुरु हुँदै छ । इन्डियाको घरेलु टी-२० क्रिकेट प्रतियोगिता आईपिएलको १३ औं समस्करण २९ मार्च देखि मे २४ सम्म चल्ने सो प्रतियोगितामा विदेशी खेलाडीले अप्रिल १५ सम्म सहभागिता जनाउन नपाउने भएका छन् ।

भारत सरकारले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण भारत प्रवेशका लागि भिसा नदिने निर्णय गरेपछि विदेशी खेलाडीको सहभागिता जनाउन नपाउने भएका हुन् ।
भारतमा ६० भन्दा माथि मानिसमा कोरोनाको संक्रमणका भेटिएको छ । विश्वभरि ४००० हजार भन्दा बढी कोरोनाको संक्रमणका कारण मृतु भईसकेको छ ।