बि डिभिजन लिगमा आज एक खेल हुँदै-सम्पूर्ण जानकारी
बि डिभिजन लिगमा आज एक खेल हुँदै-सम्पूर्ण जानकारी
२० फागुन २०७६ काठमाडौँ: बी डिभिजन लिगमा आज एक खेल मात्र हुँदै छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज हुने बी डिभिजन लिगको खेल आज श्रीकुमारी क्लबले सातदोबाटो युथ क्लबको सामना गर्दै छ ।
श्रीकुमारी क्लबले र सातदोबाटो युथ क्लब खेल ३:३० बजे देखि सुरु हुँदै छ ।ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।
सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।


