लिभरपुल र एट्लेटिको मड्रिडको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी
लिभरपुल र एट्लेटिको मड्रिडको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी
२८ फागुन २०७६ एजेन्सी: युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नक आउट चरणको खेलहरु हिजोबाट सुरु भएको छ। अन्तिम १६ को दोस्रो लेगको खेलमा आज स्पनिस क्लब एट्लेटिको मड्रिडले साबिक बिजेता इन्लिश क्लब लिभरपुलको सामना गर्दै छ ।
स्पनिस क्लब एट्लेटि मड्रिड विरुद्ध साविक विजेता लिभरपुलको खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।
पहिलो लेगको खेलमा लिभरपुल एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएको लिभरपुल घरेलु मैदानमा सानदार कमव्याक गर्ने दाउमा रहेको छ ।
लिभरपुलले हालसम्म ६ पटक च्याम्पियन्स लिगको उपाधि हात परेको छ भने एट्लेटिको मड्रिड उपाधि बिहिन रहेको छ । इङ्ग्लिस क्लब लिभरपुल प्रिमियर लिगको शिर्ष स्थान रहेको छ भने एट्लेटि मड्रिड ला लिगाको चौथो स्थनमा रहेको छ ।
बोरुसिया डोर्टमण्ड एक पटक मात्र च्याम्पियन्स लिगको उपाधि हात परेको छ भने पेरिस सेन्ट जेर्मन उपाधि बिहिन रहेको छ ।
बोरुसिया डोर्टमण्ड र पेरिस सेन्ट जेर्मनको खेल राति १:४५ बजे देखि सुरु हुनेछ । बोरुसिया डोर्टमण्ड र पेरिस सेन्ट जेर्मन को लाइभ सोनी टेन २ एसडी र एचडी मा आउने छ ।
लिभरपुल सम्भावित प्लेइङ ११: एड्रियन,अलेक्ज्याण्डर-अर्नोल्ड, रॉबर्टसन, गोमेज, भ्यान डिजक, हेंडरसन, फाबिनो, विज्नल्डम; सालाह, फर्मिनो, माने
एट्लेटिको मड्रिडको सम्भावित प्लेइङ ११: ओब्लाक; एरियास, सेविक, गिमेनेज,लोदी, भिटोलो, कोके, थोमा, शाऊल,मोराटा, कोरिया
