साविक विजेता लिभरपुल र डोर्टमण्ड च्याम्पियन्स लिगबाट आउट
साविक विजेता लिभरपुल र डोर्टमण्ड च्याम्पियन्स लिगबाट आउट
२९ फागुन २०७६ : साविक विजेता लिभरपुल र डोर्टमण्ड च्याम्पियन्स लिगबाट आउट भएका छन्। अन्तिम १६ को दोस्रो लिगको खेलमा गत सिजनको विजेता लिभरपुल र डोर्टमण्ड च्याम्पियन्स लिगबाट आउट भएका छन् ।
बुधबार राति भएको खेलमा साविक विजेता लिभरपुल प्रतिद्धन्द्धी स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग ३-२ ले पराजित भएको हो भने समग्रमा प्रतिद्धन्द्धी स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग ४-२ पराजित भएको छ ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडको जितमा एट्लेटिकोका मार्कोस लोरेन्टले २ गोल र अल्भारो मोरटाले एक गोल गरेका थिए । खेलमा सुरुवती अग्रता लिभरपुलले लिन सफल भएको थियो ।
खेलको ४३ औं मिनेटमा जर्जियानो विज्नाल्डमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० मिनेट समग्रमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
खेलको अतिरिक्त समयको सुरुवातमा नै लिभरपुलका रोबर्टो फिरमिन्होले गोल गरेका थिए र लिभरपुलाई २-० को अग्रता दिलाए ।
त्यस लगत्तै एट्लेटिको मड्रिडका लोरेन्टोले ९७ औँ मिनेटमा गोल फर्काए र खेललाई २-१ मा ल्याए ।
१०५ औँ मिनेटमा एट्लेटिको मड्रिड मार्कस लोरेन्टोले व्यक्तिगत दोस्रो गर्दा एट्लेटिकोले खेल २-२ को बराबरी गर्न सफल भयो । खेलको अन्तिम समयमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई जित दिलाउन सफल भए । घरेलु मैदानमा ४३ खेल नहारेको लिभरपुल अन्ततःपराजित भएको छ ।
दुई सिजन लगातार फाइनलको यात्रा तय गरेको लिभरपुललाई एट्लेटिकोले अन्तिम १६ बाटै पाखा लगाइदिएको छ ।
जेर्मन क्लब बोरुसिया डर्टमण्ड पनि च्याम्पियन्स लिगबाट आउट भएको छ ।नयमार र बर्नाटको गोलको सहयोजमा पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
जेर्मन क्लब बोरुसिया डर्टमण्ड समग्रमा पिएसजीसँग ३-२ ले पराजित भएको छ । पहिलो लेगमा जेर्मन क्लब बोरुसिया डर्टमण्डले २-१ ले जित दर्ता गरेको थियो । तर दोस्रो लिगको खेलमा फ्रेन्च क्लव पेरीस सेन्ट जर्मेन उत्कृष्ट कमब्याक गर्दै लाई २-० को जित दिलाए । जेर्मन क्लब बोरुसिया डर्टमण्डले पहिलो लिगमा जित हासिल गरे पनि च्यापियन लिगको क्वाटरफाईनल प्रवेश गर्ने सकेनन ।
