फुटबल

पिएसजी र डोर्टमण्डको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी

पिएसजी र डोर्टमण्डको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी

२८ फागुन २०७६ एजेन्सी: युरोपको सबै भन्दा ठुलो प्रतोयोगिता च्याम्पियन्स लिगको नकआउट चरणको खेलहरु हिजोबाट सुरु भएको छ। अन्तिम १६ को दोस्रो लेगको खेलमा आज पेरिस सेन्ट जेर्मनले बोरुसिया डोर्टमण्डको सामना गर्नेछ ।

बोरुसिया डोर्टमण्डले पेरिस सेन्ट जेर्मनको आफ्नो घरेलु मैदानमा सामना गर्न लागा हो। बोरुसिया डोर्टमण्ड जर्मन बुन्डेस लिगाको दोस्रो स्थानमा रहेको छ भने पेरिस सेन्ट जेर्मन फ्रान्स लिग १ को शिर्ष स्थानमा रहेको छ ।

पहिलो लिगको खेलमा पिएसजी बोरुसिया डोर्टमण्डसँग २-१ गोलले ले पराजित भएको थियो ।

बोरुसिया डोर्टमण्ड र पेरिस सेन्ट जेर्मनको खेल राति १:४५ बजे देखि सुरु हुनेछ । बोरुसिया डोर्टमण्ड र पेरिस सेन्ट जेर्मन को लाइभ सोनी टेन १ एसडी र एचडी मा आउने छ ।

पेरिस सेन्ट जेर्मन सम्भावित प्लेइङ ११: नावास; मेउनियर, मार्क्विनहोस, सिल्भा, बर्नाट; डि मारिया, गुएए, भेर्राटी, नेमार,काइलन मबापे,इकाड़ी

बोरुसिया डोर्टमण्डको सम्भावित प्लेइङ ११: बुर्की ,पिज्ज्जाक, आकानजी, हम्मेल्स; हाकिमी, क्यान, विट्सेल, गुएरेरो; सान्चो, हालान्ड, ह्याजार्ड