खेलकुदफुटबल

च्याम्पियन्स लिग: नकआउटमा पुग्ने १६ टिमको छिनोफानो हुँदै, बार्सिलोनासहित कुन कुन टिम पुगे अहिलेसम्म

च्याम्पियन्स लिग: नकआउटमा पुग्ने १६ टिमको छिनोफानो हुँदै,बार्सिलोनासहित कुन कुन टिम पुगे अहिलेसम्म

१२ मङ्सिर २०७६ एजेन्सी: बुधबार रातिको खेलसँगै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने ७ टोलीको टुंगो लागेको छ ।

अहिलेसम्म समूह ‘ए’ बाट पिएसजी र रियल मड्रिड अन्तिम १६ मा सफल भएका छन् ।

समूह ‘बी’बाट बायर्न म्युनिख र टोटनह्याम हटस्पर्स अन्तिम १६ मा स्थान बनाएका छन् ।

च्याम्पियन्स लिग खेलको समूह ‘सी’मा म्यान्चेस्टर सिटी मात्र अन्तिम १६ मा जान सफल भएको छ ।

‘सी’बाट अरु कुन टिम अन्तिम १६ मा पुगेको निश्चित भएको छैन ।

समूह ‘डी’बाट १३ अंकसहित शीर्ष स्थानमा रहेको युभेन्टस अन्तिम १६ मा छनोट भएको छ ।

‘इ’ बाट कुन टोलि अन्तिम १६ मा जान्छ भन्ने निश्चित भएको छैन ।

‘एफ’ मा ११ अंकसहित शीर्षमा रहेको बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको छ ।

‘जी’र ‘एच’बाट कुन टिम अन्तिम १६ मा जान्छ भन्ने निश्चित भएको छैन ।

अब १६ मा ९ स्थान बाँकी छन् र यो ९ स्थानको लागि १७ वटा टिम प्रतिस्पर्धामा छन् भने ८ टिमले अन्तिम खेल जिते पनि बाहिरिने निश्चित भएको छ ।

७ टिम भने एक खेल नखेल्दै अन्तिम १६मा प्रवेश गरेका छन् ।