रियल बेटिस र रियल मड्रिडको सम्भावित प्लेइङ ११
रियल बेटिस र रियल मड्रिडको सम्भावित प्लेइङ ११
२५ फागुन २०७६ एजेन्सी: स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज रियल बेटिस र रियल मड्रिड खेल्दै छन् । खेल रियल बेटिसको घरेलु मैदानमा हुँदै छ । नेपाली समय अनुसार राती १:४५ बजे सुरु हुनेछ । सर्वाधिक ला लिगा जितेको रियल मड्रिड लिगको दोस्रो स्थानमा रहेको छ ।
केही साताअघि रियल मड्रिडले एल क्लासिको खेलमा बार्सिलोनालाइ २-० ले पराजित गरेको थियो ।
ला लिगा फुटबलमा हाल बार्सिलोना पहिलो स्थानमा रहेको छ भने रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । ला लिगा फुटबलमा रियल मड्रिडको २६ खेलमा ५६ अंक रहेको छ भने बार्सिलोनाको २७ खेलमा ५८ अंक छ।
आजको खेलमा रियल मड्रिडले जित दर्ता गरे बार्सिलोनलाइ १ अंकले उछिन्दै शिर्ष स्थानमा उक्लीने छ भने बसिलोनाले जित दर्ता गरे ५ अङ्को अग्रता स्पष्ट पर्छ ।
रियल बेटिस सम्भावित प्लेइङ ११: रोबुल, इमर्सन, मंडी, बार्ट्रा, मोरेनो, गोन्जालेज, जोआक्विन, क्यानालेस, गार्डाडो, फेकीर, इग्लेसियास
रियल मड्रिडको सम्भावित प्लेइङ ११: थाबाउट कोर्टोइस,डानी कारभाजल,रामोस,फर्मल्यान्ड मेन्डी, केसमिरो, क्रोस, भल्भर्डे; विनिसियस जूनियर, बेन्जेमा, रोड्रिगो
