खेलकुदफुटबल

खुमलटारको दोस्रो जित, आरसिटीका कप्तानलाई रातो कार्ड

खुमलटारको दोस्रो जित, आरसिटीका कप्तानलाई रातो कार्ड

१५ फागुन २०७६ काठमाडौँ : बि डिभिजन लिग अन्तर्ग आजको पहिलो खेल खुमलटार युथ क्लब र रानीपोखरी कर्नर टिमबिच भएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको पहिलो खेलमा खुमलटार युथ क्लबले रानीपोखरी कर्नर टिमलाइ ३-० ले पराजित गरेको छ ।

खुमलटार युथ क्लबको जितमा सबिन केसीले दुइ गोल र महेशले एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच महेस राइ चुनिएका थिए ।   खेलमा पहिलो गोल २५ औं मिनेटमा भएको थियो । सो गोल महेस राइ गरेका थिए भने दोस्रो गोल खेलको ३५ औं मिनेटमा भएको थियो सो गोल सबिन केसीले गरेका थिए ।

पहिलो हाफमा २-० को अग्रता बनाको  खुमलटार युथ क्लबले खेलको  दोस्रो हाफ एक गोल थाप्दै ३-० को अग्रता बनाउन सफल भएको थियो । सो गोल ६० औं मिनेटमा सबिन केसीले गरेका थिए ।

खेलको ३६  औं मिनेटमा आरसिटीका कप्तान अमर डगोलले रातो कार्ड खाएपछि आरसिटी १० खेलाडीमा सिमित भएको थियो ।

अब अर्को खल भने नयाँबस्ती युवा क्लब र झम्सिखेल युथ क्लबको दोस्रो खेल ३:३० बजे देखि सुरु हुँदै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिग चैत २३ गते सकिनेछ ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् ।

१२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ। प्रतेक खेलको म्यान अफ द म्याच खेलाडीलाइ ५००० पुरस्कार प्रधान गरिने छ ।

बी डिभिजन लिगको शिर्ष स्थानमा रहने एक टोलि ए डिभिजन लिगमा बढुवा हुन्छ भने अंक तालिकाको पुछारमा रहने एक टोलि सि डिभिजन लिगमा घटुवा हुनेछ ।

अबको दोस्रो खेल टुसाल क्लबले सातदोबाटो युथ क्लबबिरुद्ध खेल्दै छ। दोस्रो खेल ३:३० बजे देखि सुरु हुँदै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिग चैत २३ गते सकिनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।