पारस खड्का
पारस खड्का
पारस खड्का नेपाली क्रिकेट खेलाडी तथा पूर्व कप्तान हुन् । उनको जन्म कार्तिक ७ मा २०४४ तदनुसार २४ अक्टोबर १९८७ भएको थियो । पारस खड्का दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम बलर हुन् । सन् २००२ मा यू-१५ टोलीबाट क्रिकेट उनको क्रिकेट यात्रा सुरु भएको थियो ।
पारस खड्का सन् २००४ देखि नेपाली राष्ट्रिय टिम बाट खेल्न थालेका हुन् । पारसले सन् २००९ देखि नेपाली राष्ट्रिय टोलीमा कप्तानीको भूमिकामा रहेका थिए । सन् २०१९ मा पारसले कप्तानी भूमिकाबाट राजिनामा दिए । पारस खड्काको कप्तानीमा नेपालले सन् २०१४ को टि-२० विश्वकप खेलेको थियो ।पारस खड्काले वि.सं.२०६६ र २०६९ को वर्ष खेलाडी उपाधि जितेका थिए । पारसले भखरै टि-१० लिग खेलेका छन् । पारस खड्काले नेपालको तर्फबाट छवटा एकदिवसीय अन्तर्राष्ट्रिय एवम् २७ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। नेपालको राष्ट्रिय टोलीबाट ४० वटा अन्य एकदिवसीय खेल र ५० वटा टी-२० खेल खेलेका छन्। पारसले नेपालको यू-१५ र यू-१७ टोलीहरूमा खेल्नुको साथै तीन पटक यू-१९ विश्वकप खेलेका छन्। पारस १० हजार अमेरिकी डलर (११ लाख रुपैयाँ)मा टिम अबुधावीमा आबद्ध भएका थिए ।