खेलकुदफुटबल

ला लिगामा सार्वाधिक गोल गर्ने खेलाडीहरू

ला लिगा: यी हुन् जारि सिजन सर्वाधिक १० गोलकर्ता

२१ फागुन २०७६ एजेन्सी: स्पनिस ला लिगा फुटबलको जारि सिजन २०१९/२०२० खेलहरु चलिरहेको छ । स्पनिस ला लिगा फुटबलमा हाल रियल मड्रिड पहिलो स्थानमा रहेको छ भने बार्सिलोना दोस्रो स्थानमा रहेको छ । ला लिगा फुटबलमा रियल मड्रिडको २६ खेलमा ५६ अंक रहेको छ भने बार्सिलोनाको २६ खेलमा ५५ अंक छ।

ला लिगा फुटबलमा जारि सिजन सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा मेस्सी पहिलो स्थानमा रहेका छन् भने करिम बेनजीमा दोस्रो स्थानमा रहेका छन् ।

ला लिगा फुटबलमा जारि सिजन बार्सिलोनाका स्टार मेस्सी १८ गोल गरेका छन् । ३२ बर्षक मेस्सीले जारि सिजन २१ खेलबाट १८ गोल गरेका छन् ।

बार्सिलोनाका स्टार मेस्सीपछि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा रियल मड्रिडका करिम बेनजीमा रहेका छन् ।जारि सिजन रियल मड्रिडका करिम बेनजीमाले २५ खेलबाट १३ गोल गरेका छन् ।

त्यसैगरी बार्सिलोनाका लुइज सुवारेज र अलाभेस लुकास पेरेजले ११ गोल गरेका छन् ।

जारि सिजन बार्सिलोनाका लुइज सुवारेजले १७ खेलबाट ११ गोल गरेका हुन् भने अलाभेसका लुकास पेरेज २५ खेलबाट ११ गोल गरेका हुन् ।