खेलकुदफुटबल

ए डिभिजन लिगमा सार्वाधिक गोलगर्ने र रातो कार्ड खाएका खेलाडीहरू

ए डिभिजन लिगमा सार्वाधिक गोलगर्ने र रातो कार्ड खाएका खेलाडीहरू

२ माघ २०७६ काठमाडौँ: शहिद स्मारक ए डिभिजन लिग भोलि देखिसुरु हुँदै छ । भोलि देखि सातौ चरणको खेलहरु सुरु हुँदै छ। मंगलबार खेल सकिएपछि २ दिन रेस्ट दिईएको थियो । सातौ चरणको पहिलो दिन लिगको शीर्ष स्थानमा रहेका मछिन्द्र र १३ औ स्थानमा रहेको हिमालयन शेर्पाबिच भिडन्त हुने छ ।

जारी सिजनको छैटौं राउण्ड सकिदा सम्म च्यासल क्लबका कप्तान सन्तोष साउखल ५ गोल सहित सार्वाधिक गोलगर्ने खेलाडीको शिर्ष स्थानमा रहेका छन्। त्यसैगरीसोमाइड(मछिन्द्र),बिमलराणा(मनाङ मस्र्याङ्दी),आशीष लामा(एपिएफ),सुमन लामा(नेपाल पुलिस क्लब),नवयुग श्रेष्ठ(त्रिभुवन आर्मी क्लब) तीन-तीन गोल रहेको छ ।

त्यसैगरी जारी सिजनको छैटौं राउण्ड सकिदा सम्म १० खेलाडीले रातो कार्ड खाएका छन् । रातो कार्ड खाने खेलाडीहरुमा दिपेन राज सिंह (ब्रिगेड बोइज क्लब),युद्ध शाही (त्रिभुवन आर्मी क्लब),जोर्डन जूनियर नेडेम्बा ओवोना(न्यु रोड टीम),निरज बस्नेत(हिमालयन शेर्पा),अंजन राई(नेपाल पुलिस क्लब),अशोक बराल(मनाङ मस्र्याङ्दी),एक राज बुढाथोकी(मनाङ मस्र्याङ्दी),सूरज बिक(मनाङ मस्र्याङ्दी),लक्ष्मण रुचल(संकटा क्लब)र सुमन अर्याल(त्रिभुवन आर्मी क्लब)रहेका छन् ।

क्लब मध्यमा मनाङ मस्र्याङ्दीका खेलाडीहरुले सब भन्दा धेरै रातो कार्ड खाएका छन् । रातो कार्ड खाने क्लबको दोस्रो स्थनमा त्रिभुवन आर्मी क्लब रहेको छ । त्यसैगरी ब्रिगेड बोइज क्लब, न्यु रोड टीम, हिमालयन शेर्पा, संकटा क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।

शहिद स्मारक ए डिभिजन अंक तालिका

ए डिभिजन लिगमा सार्वाधिक गोलगर्ने र रातो कार्ड खाएका खेलाडीहरू