खेलकुदफुटबल

फुटबलका लिजेण्ड रोनाल्डिन्हो पराग्वेमा पक्राउ

फुटबलका लिजेण्ड रोनाल्डिन्हो पराग्वेमा पक्राउ

२२ फागुन २०७६ एजेन्सी: ब्राजिलियन तथा फुटबलका लिजेण्ड रोनाल्डिन्हो पराग्वेमा पक्राउ परेका छन् । नक्कली कागजात र नक्कली पासपोर्ट प्रयोग गरेका कारण रोनाल्डिन्होलाई पक्राउ गरिएको हो । लिजेण्ड रोनाल्डिन्हो आफ्नो भाइसँग रोबर्टोसँग पाराग्वे जाने क्रममा पक्राउ परेका थिए ।

सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा रोनाल्डिन्हो मुख्य खेलाडी थिए ।

फिफा प्लेयर अफ दि इयर, बालोन डी’ओर जस्ता उपाधि जितेका रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान लगायतका क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।