क्रिकेटखेलकुद

ईपिएल 2020: कोरी एनडरसन आवद्ध टिमको खेल र खेलाडी सम्बन्धित सम्पूर्ण जानकारी

ईपिएल 2020: कोरी एनडरसन आवद्ध टिमको खेल र खेलाडी सम्बन्धित सम्पूर्ण जानकारी

२१ फागुन २०७६ काठमाडौँ: चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(ईपिएल)येही चैत्र १ देखि सुरु हुँदै छ।एभरेष्ट प्रिमियर लिग(ईपिएल)ले जारि गरेको खेल तालिका अनुसार पहिलो खेलमा साबिक विजेता ललितपुर पेट्रिएट्स र पोखरा भिड्ने छन् । एभरेष्ट प्रिमियर लिग(ईपिएल)को फाइनल खेल चैत्र १५ हुने छ ।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(ईपिएल)मा पहिलो दिन एक खेल मात्र हुने छ भने दोस्रो दिन देखि दुइ खेलहरु हुनेछ ।

एभरेष्ट प्रिमियर लिग(ईपिएल)को फाइन खेल चैत्र १५ हुने छ । सिंगल राउण्ड रबिन र नक-आउट चरणमा हुने प्रतियोगितामा जम्मा १९ वटा खेल हुनेछन्।

ईपीएल टी २० मा ६ फ्रेन्चाइज टोलीमा काठमाडौँ किङ्ग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, चितवन टाइगर्स, पोखरा राइनोज, विराटनगर वारिवर्स र भैरहवा ग्लाडीयटर्स प्रतिस्पर्धा गर्नेछन्।

काठमाडौँ किंग्स ११मा न्युजिल्यान्डका अलराउणडर कोरी एनडरसन र आरल्याण्डका केविन ओ ब्रायन रहेका छन् ।

काठमाडौँ किंग्स ११ :
रिलिज गरिएको खेलाडी – सिद्धान्त लोहनी, बिक्रम भुसाल र पुरन बि.क.
अनुबन्ध गरेको खेलाडी – शेर मल्ल( ८६ हजार ),अमृत भट्टराई ( ५१ हजार ),दिपेन्द्र रावत (५१ हजार )

काठमाडौँ किंग्स ११ टिम : सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, संसाद शेख, अमर सिंह रौटेला, सुबास खकुरेल, आकाश चन्द, अमृत भट्टराई, शेर मल्ल, दिपेन्द्र रावत

काठमाडौँ किंग्स ११ का विदेशी खेलाडीहरु : कोरी एनडरसन,केविन ओ ब्रायन

टिम कोच: बिनोद दास

काठमाडौँ किंग्स ११को खेल तालिका
२ चैत्र:भैरवहा ग्लाडीयटर्स बिरुद्ध काठमाडौँ किङ्ग्स इलाभेन: २ बजे(आइतबार)
३ चैत्र:काठमाडौँ किङ्ग्स इलाभेन बिरुद्ध पोखरा राइनोज:२ बजे (सोमबार)
५ चैत्र:चितवन टाइगर्स बिरुद्ध काठमाडौँ किङ्ग्स इलाभेन: १० बजे(बुधबार)
१० चैत्र:काठमाडौँ किङ्ग्स इलाभेन बिरुद्ध ललितपुर प्याट्रीयट्स:२ बजे(सोमबार)