क्रिकेटखेलकुद

डब्लुसीएल लिग २: ओमानले टस जितेर फिल्डिङ रोज्यो

डब्लुसीएल लिग २: ओमानले टस जितेर फिल्डिङ रोज्यो

२३ माघ २०७६ एजेन्सी: डब्लुसीएल लिग २ मा शिर्ष स्थानको अमेरिका र अंक तालिकाको दोस्रो स्थानमा रहेको ओमानबिच प्रतिस्प्रधा हुदै छ। डब्लुसीएल लिग २ अन्तर्गतको दोस्रो खेलमा ओमानले टस जितेर फिल्डिङ रोजेको छ ।आजको खेल कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा बिहान ९:३० बजे देखि सुरु भएको हो ।

कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा राउण्ड रबिन लिगको आधारमा एक दिवसिय श्रृंखला चल्नेछ। हिजो खेलमा नेपललाई १८ रनले पराजित गर्दै उच्च मनोबलकको साथ आज ओमान मैदानमा उत्रेको छ।

डब्लुसीएल लिग २ मा समावेस सात राष्ट्र मध्य अमेरिका शिर्ष स्थानमा रहेको छ । अमेरिकाले ८ खेल मध्य ६ खेलमा जित हात पर्दै १२ अंकका साथ शिर्ष स्थानमा रहेको हो । ओमान डब्लुसीएल लिग २ को दोस्रो स्थानमा रहेको छ । ओमानले सात खेल मध्य ५ खेलमा जित दर्ता गर्दै १० अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। नेपाल अंकतालिकको पुछारमा रहेको छ ।

त्रीकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टिम
नेपाल: ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने

ओमान: जिसन मक्सुद (कप्तान), अकिब ईल्यास (उपकप्तान), जतिन्दर सिंह, खावर अली, सनुथ ईब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गउड, मुहम्मद नदिम, जय ओडेरा, बादल सिंह, अहेमद फयद बट, कलिमुल्लाह र बिलाल खान रहेका छन्

अमेरिकी टिम: शौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, आयन हल्याण्ड, अक्ष होमराज, एलमोर हचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनाक पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन ।

नेपालले अमेरिका र ओमानसँग खेल्ने खेल तालिका :
माघ २३ : ओमानविरुद्ध अमेरिका

माघ २५ : नेपालविरुद्ध अमेरिका

माघ २६ : नेपालविरुद्ध ओमान

माघ २८ : अमेरिकाविरुद्ध ओमान

माघ २९ : नेपालविरुद्ध अमेरिका