आर्सनल एफए कपको क्वाटरफाईनलमा
आर्सनल एफए कपको क्वाटरफाईनलमा
२० फागुन २०७६ एजेन्सी: प्रिमियर लिग क्लब आर्सनल एफए कपको क्वाटरफाईनलमा प्रबेश गरेको छ । सोमबार राति भएको खेलमा पोर्ट्समउथलाइ २-० ले पराजित गर्दै आर्सनल एफए कपको क्वाटरफाईनलमा प्रबेश गरेको छ ।आर्सनलको जितमा सोक्रातिस र एन्केतियाले एक एक गोल गरेका थिए ।
आर्सनलले पहिलो हाफमा १-० को लिड लिएको थियो । सोक्रातिसले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आर्सनललाइ १-० को लिड दिलाएका थिए ।
त्यसपछि दोस्रो हाफमा आर्सनल थप एक गोल गर्न सफल भयो । दोस्रो हाफको ५१ औं मिनेटमा एन्केतियाले गोल गर्दै आर्सनललाइ २-० को जित दिलाए ।जितसंगै आर्सनल एफए कपको क्वाटरफाईनलमा प्रबेश गरेको छ ।
