खेलकुदफुटबल

टोटनहम एफए कपबाट आउट

टोटनहम एफए कपबाट आउट

२२ फागुन २०७६ एजेन्सी: प्रिमियर लिग क्लब नर्विच एफए कपको क्वाटरफाईनलमा प्रबेश गरेको छ। बुधबार राति भएको खेलमा टोटनहमलाइ पेनाल्टी सुट आउटमा पराजित गर्दै नर्विच सिटी एफए कपको क्वाटरफाईनलमा प्रबेश गरेको छ ।

खेलको १६ औं मिनेटमा जोन भट्रोजनले गोल गर्दै टोटनहमलाइ सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको टोटनहम दोस्रो हाफमा गोल खान पुग्यो । नर्विच सिटिका जोसेफ डिरमिकले ७८ औं मिनेटमा गोल गर्दा खेलाई बराबरीमा ल्याए ।

निधारित ९० औं मिनेटको खेल १ -१ को बराबरीमा सकिएपछि खेललाई अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयमा पनि गोल नभएपछि खेल पेनाल्टी समयमा पुगेको थियो ।

पेनाल्टी सुट आउटमा नर्विच सिटीका किपरले उत्कृष्ट बचाऊ गर्दै आफ्नो टिमलाई जित दिलाउछन् ।