खेलकुदफुटबल

लिभरपुलको एफए कपबाट आउट

लिभरपुलको एफए कपबाट आउट

२१ फागुन २०७६ एजेन्सी: प्रिमियर लिग क्लब चेल्सी एफए कपको क्वाटरफाईनलमा प्रबेश गरेको छ। मगलबार राति भएको खेलमा लिभरपुललाइ २-० ले पराजित गर्दै चेल्सी एफए कपको क्वाटरफाईनलमा प्रबेश गरेको छ । चेल्सीको जितमा विलियन र रस बार्कलीले एक एक गोल गरेका थिए ।

चेल्सीले पहिलो हाफमा १-० को लिड लिएको थियो । विलियनले पहिलो हाफको १३ औं मिनेटमा समयमा गोल गर्दै चेल्सीलाइ १-० को लिड दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफमा आर्सनल थप एक गोल गर्न सफल भयो । दोस्रो हाफको ६४ औं मिनेटमा रस बार्कलीले गोल गर्दै चेल्सीलाइ २-० को जित दिलाए। जितसंगै चेल्सी एफए कपको क्वाटरफाईनलमा प्रबेश गरेको छ ।