देशराजनितीसमाचारस्वास्थ्य

विदेशमा पढ्ने नेपालीलाइ सरकारले जान रोक्यो

विदेशमा पढ्ने नेपालीलाइ सरकारले जान रोक्यो

२० फागुन २०७६ काठमाडौं : विश्वब्यापी खतराको संकेत दिईरहेको कोरोना संक्रमणका कारण उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई अध्ययन अनुमति पत्र (एनओसी) वितरणमा रोक लगाइएको छ। मन्त्रिपरिषदको बैठकले निर्णय प्रमाणिकरण गरेसंगै यसको कार्यान्वयन हुने शिक्षा मन्त्रालयले जनाएको छ।

कोभिड १९ (कोरोना) भाइरसको त्रास विश्वभर फैलिएपछि त्यता जाने विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर एनओसी रोकिएको मन्त्रालयले जनाएको छ।

कोभिड भाइरस विश्वका ६० भन्दा बढी मुलुकमा फैलिसकेको छ । विशेषगरी नेपाली विद्यार्थी धेरै जाने अष्ट्रेलिया, जापान, मलेसिया, अमेरिका, कोरिया, चिन लगायतका मुलुकमा यस भाइरसको संक्रमण चर्को रुपमा फैलिएको छ।