कोरोनाभाइरसदेशराजनितीसमाचारसमाज

के नेपालमा यति थोरै मात्र छन त कोरोना संक्रमित ?

के नेपालमा यति थोरै मात्र छन त कोरोना संक्रमित ?

१८ चैत २०७६ काठमाडौँ(सुदन खरेल): विश्वभर माहामारीको रुप लिई रहेको कोरोना भाइरस संक्रमणले अहिले विश्व नै सुनसान प्राय बनेको छ। सुनसान बन्नु र विश्वका हरेक राज्यले यत्रो भार ब्येहोर्नु पनि आफ्ना नागरिकलाई सकुशल र सुरक्षित राख्नकै लागि हो।

विश्वका हरेक नागरिकले राज्यले गरेको निर्णयप्रति सहमति जनाउंदै आफ्ना वा अन्य कसैलाई पनि यो भाइरसको संक्रमण नफैलियोस भनि विश्व जगतले आत्मासात गरेको लकडाउनलाइ पालन गरेर सेल्फक्वारेन्टाइनमा बसेर राज्यलाई सहयोग गरिरहेका छन्।

हामि नेपालीपनि सरकारले गरेको यस निर्णय प्रति काधमा काध मिलाउंदै आआफ्नो घरमा बसेर यो विश्वब्यापी बिपत्तिको सामना गरिरहेका छौ।

नेपालमा पनि हाल सम्म ५ जना संक्रमित फेला परेको मा १ जना उपचारपछि ठिक भएर घर फर्किई सकेका छन् भने चार जनाको उपचार जारि रहेको सरकारले जनाएको छ ।

म एक मिडियाकर्मी पनि यहि राज्यको एक अंग भएकोले सक्ने र हुने सम्म सरकारले तोकेको मापदण्ड भित्र रहेर एक सामान्य नागरिक झैँ रहने प्रयास गरिरहको थिए तरपनि आफ्नो पेसागत धर्मले चुपचाप कुना पसेर टुलु टुलु हेर्न र सुन्नमात्र कहाँ मन लाग्दो रहेछ र। यहि सोचका साथ बाहिरी बातावरण र माहोल हेर्न र सुन्न स्वास्थ्य क्षेत्रले तोकेको मापदण्ड अबलम्बन गरि बाहिर निस्किए।

निस्कने क्रममा खुल्ला रहेको एक औसधि पसलमा पुगे र त्यहाँ औसधि खरिद गर्न आएका व्यक्तिको कुरा सुन्न रहर गरे। उनीहरुको कुरा सुन्दा यस्तो भान हुन्थ्यो आज राज्यले जनताका लागि हैन आफ्ना लागि जनतालाई दुख दिई रहेको छ।

उनीहरु निस्फिक्री संग कुरा गर्दै भनिरहेका थिए मृत्यु भएकाहरु सबै कोरोना संक्रमणले मरेका हुन्। सरकारले तथ्यांक लुकाई रहेको छ। यिनै तर्कहरु बीच मैले आफ्नो कुतर्क प्रस्तुत गरें “टेस्ट गर्ने स्थानमा त विश्व स्वास्थ्य संगठनको व्यक्ति पनि हुन्छ रे अनि कसरि सरकारले तथ्यांक लुकाउन सक्ला र ?” मेरो कुतर्कको प्रतिउत्तरमा उनीहरु भन्दै थिए यो नेपाल हो यहा जे पनि सम्भव छ र हुन्छ पनि।

त्यतिकैमा त्यहाँ एक व्यक्ति आफ्नो आमालाइ ज्वोरो आएको बताउंदै औसधी दिनपर्यो भन्दै आइपुगे। स्वास्थ्यकर्मीले ज्वोरोको लक्षण सोध्दै भाइरल ज्वोरो रहेको आंकलन गरेर औसधि दिन सुरु गरे र भने अन्य कुनै स्वास्थ्यकर्मी र हस्पिटलले अहिले ज्वोरोको बिरामी गेट बाटै फिर्ता पठाइदिने भन्दै अन्य कतै केहि समय नलान सल्लाह समेत् दिए।

अर्को थरि समूह पनि मघ्न थियो आफ्नै गफमा। गफ हुँदै थियो सरकारले खरिद गरेको स्वास्थ्य सामग्रीमा भ्रस्टाचार गरेको छ रे भन्दै कुरा चलि रहेको थियो। त्यहाँ एकछिन यहि बिषयमा कुरा सुनेपछि मैले फेरी अर्कोतिर लाग्ने निर्णय गरे।

अर्को ठाउमा केहि मास्क लगाएर सडक छेउ उभिएका केहि व्यक्तिहरु कुरा गर्दै थिए। हाम्रो देश यति सम्म रहेछ आपतको बेलामा प्रयोग हुने ड्रेस समेत आपत परेको हप्तौ दिन पछि अन्तरास्ट्रिय बजारमा किन्न जानु पर्ने रहेछ। यहाँ डाक्टरहरुका लागि एउटा ड्रेस बनाउन पनि नसक्ने रहेछ हाम्रो देश। उनीहरु सम्भवत पिपिआइ को कुरा गर्दै थिए।

यस्तै केहि व्यक्ति र समूह गर्दै आफ्नो व्यक्तिगत स्वास्थ्य सुरक्षालाइ ध्यानमा राखेर चाहार्दै थिए र सुन्दै पनि थिए कसैले कालोबजारी को बिरोध गरेको त कसैले सरकारको समर्थन गरेको कसैले लक डाउनका कारण समस्या झेल्नु परेको त कसैले राहतको बारे कुरा गरेको। यस्तै यस्तै हरु। यसैबीच सरकारले पनि नयाँ निर्देशन सार्वजनिक गरेको छ र भनेको छ कोरोना भाइरसबारे नीजि धारणा बनाई जथाभावी नबोल्न निर्देशन गरेको छ ।

सरकारले यो बताई रहँदा एउटा कुरा सरकारले पनि स्पस्ट पार्न सक्नु पर्छ के सरकारले भने जति मात्र कोरोना संक्रमित छन् त नेपालमा ? के विदेशबाट आएका नागरिक खोज्न सरकारले लगाएको समयसिमा उचित छ त ? के लक डाउनको अवधिमा एकान्तबासमा रहेका हरेक व्यक्ति स्वास्थ्य छन् त ? सरकारलाई एकदमै सजिलो समय हो लक् डाउन संक्रमित फेला पर्न र उपचार गर्न। त्यसैले सरकारले हरेक घरमा स्वास्थ्यकर्मी खटाएर घरघरमा गएर संक्रमित रहे-नरहेको फेलापार्ने, जनताका घर घरमा पुगेर उनीहरुको दैनिकी टार्न परेका समस्या सोध्ने र समाधान गर्ने गरेमामात्र लक डाउन गरेर जनतालाई होम क्वारेन्टाइनमा रेखेको यो समय सार्थक हुनेछ नत्र इटाली, स्पेन वा अमेरिका जस्तो दुर्दशा हुन्न भन्न सकिन्न। स्मरण रहोस सरकार भनेको काठमाडौँमा बसेको प्रधानमन्त्री मात्रको हैन यहाँ हाम्रै घर नजिक चुनिएका जना प्रतिनिधि, प्रहरी, प्रसाशन, सरकारले खटाएका स्वास्थ्य कर्मी पनि हुन।

हामिले सर्वसाधारण जनताले पनि विपतको घडीमा परि आएको परिस्थिति लाइ समाधान गर्नको लागि सरकारले हामि जनताकैलागी गर्ने प्रयास गरेको हो भन्ने हेक्का राख्न जरुरि छ र स्वास्थ्य सम्बन्धि निर्देश पालन गरेर सबैभन्दा पहिला आफ्नो परिवार त्यस पछि आफ्नो समाज र सरकारलाई सहयोग गरेको महसुस गर्न जरुरि छ नत्र आफन्तको मृत्यु पनि हेर्न र जलाउने सौभाग्य नपाउने दिन नआउला भन्न सकिन्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *