ईपिएल 2020: क्रिश गेल आवद्ध टिमको खेल र खेलाडी सम्बन्धित सम्पूर्ण जानकारी
ईपिएल 2020: क्रिश गेल आवद्ध टिमको खेल र खेलाडी सम्बन्धित सम्पूर्ण जानकारी
२० फागुन २०७६ काठमाडौँ: चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(ईपिएल)येही चैत्र १ देखि सुरु हुँदै छ।एभरेष्ट प्रिमियर लिग(ईपिएल)ले जारि गरेको खेल तालिका अनुसार पहिलो खेलमा साबिक विजेता ललितपुर पेट्रिएट्स र पोखरा भिड्ने छन् । एभरेष्ट प्रिमियर लिग(ईपिएल)को फाइनल खेल चैत्र १५ हुने छ ।
एभरेष्ट प्रिमियर लिग(ईपिएल)को उद्घाट्न खेलमा साबिक विजेता ललितपुर पेट्रिएट्स र पोखरा भिड्ने छन् । पहिलो खेल चैत १ गते टियु मैदानमा हुँदै छ । पहिलो दिन एक खेल मात्र हुने छ भने दोस्रो दिन देखि दुइ खेलहरु हुनेछ ।
एभरेष्ट प्रिमियर लिग(ईपिएल)को फाइन खेल चैत्र १५ हुने छ । सिंगल राउण्ड रबिन र नक-आउट चरणमा हुने प्रतियोगितामा जम्मा १९ वटा खेल हुनेछन्।
ईपीएल टी २० मा ६ फ्रेन्चाइज टोलीमा काठमाडौँ किङ्ग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, चितवन टाइगर्स, पोखरा राइनोज, विराटनगर वारिवर्स र भैरहवा ग्लाडीयटर्स प्रतिस्पर्धा गर्नेछन्।
बिनोद भण्डारीको कप्तानीमा रहेको पोखरा राइनोजले क्रिश गेल,हसिम अमला,जर्ज मुन्से र केस्रिक विलियम्स जस्त विदेशी खेलाडीलाइ आबद्ध गरेको छ ।
पोखरा राइनोज :
रिलिज गरिएको खेलाडी – राजेश पुलामी, सौरभ खनाल, शुबेन्दु पाण्डे
अनुबन्ध गरेको खेलाडी – रित गौतम ( १ लाख २० हजार ), पृथु बास्कोटा (७५ हजार), बिबेक यादब ( ६० हजार ), बिपिन रावल ( ५० हजार )
पोखरा राइनोज टिम: बिनोद भण्डारी, सुनिल धमला, किशोर महतो, सुशन भारि, बिक्रम सोब, बिपिन खत्री, नन्दन यादब, लोकेश बम, देभ शाह, रित गौतम, बिपिन रावल, पृथु बास्कोटा र बिबेक यादब
पोखरा राइनोज टिमबाट खेल्ने विदेश खेलाडीहरु: क्रिश गेल,हसिम अमला,जर्ज मुन्से र केस्रिक विलियम्स
पोखरा राइनोजको खेल तालिका:
१ चैत्र:पोखरा राइनोज बिरुद्ध ललितपुर पेट्रिएट्स:दिउसो २ बजे (सनिबार)
३ चैत्र:काठमाडौँ किङ्ग्स इलाभेन बिरुद्ध पोखरा राइनोज:२ बजे (सोमबार)
४ चैत्र:भैरहवा ग्ल्याडीएटर बिरुद्ध पोखरा राइनोज: बिहान १० बजे (मगलबार)
९ चैत्र:चितवन टाइगर्स बिरुद्ध भैरहवा ग्ल्याडीएटर:दिउसो २ बजे (आइतबार)
