खेलकुदफुटबल

बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शिर्ष स्थानमा

बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शिर्ष स्थानमा

१९ फागुन २०७६ एजेन्सी: स्पेनिस एल क्लासिको फुटबलमा रियल मड्रिडले बार्सिलोना पराजित गरेको छ । रियल मड्रिड आफ्नो घरेलु मैदान एस्टाडियो स्यान्टियागो बर्नाब्यू बार्सिलोनालाई २-० ले पराजित गरेको छ ।

रियल मड्रिडको जितमा भिनिसियस जुनियर र मारिनोले एक एक गोल गरेका थिए । पहिलो हाफमा बार्सिलोना र रियल मड्रिडले गोल रहित बराबरी खेलेका थिए । पहिलो हाफमा बार्सिलोना र रियल मड्रिडले गोल गर्ने थुप्रै अवसरहरु खेर फालेका थिए ।

त्यसपछि दोस्रो हाफमा रियल दुइ गोल गर्न सफल भएका थिए । रियल मड्रिड दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गर्छ । मड्रिड दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको रियल मड्रिडका भिनिसियस जुनियर खेलको ७१ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाउ छन् ।

त्यसपछि इन्जुरी समयमा मैदान छिरेका मारिनोले पहिलो मिनेटमै गोल गर्दै २-० रियल मड्रिडले जित दर्ता गर्छ ।

जितपछि रियल मड्रिड ला लिगा शीर्षस्थानमा रहेको छ । बार्सिलोनाको २६ खेलमा ५५ अंक छ भने रियल मड्रिडको २६ खेलमा ५६  अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *