खेलकुदफुटबल

रियल मड्रिड र बार्सिलोनाको सम्भावित प्लेइङ ११

रियल मड्रिड र बार्सिलोनाको सम्भावित प्लेइङ ११

१८ फागुन २०७६ एजेन्सी: दुई महारथी क्लब रियल मड्रिड र बार्सिलोना बिच आज माहाभिड्न्त हुँदै छ। रियल मड्रिड र बार्सिलोनाको खेल नेपाली समय अनुसार मार्च २ मा बिहानको १:४५ बजे देखि खेल सुरु हुनेछ । आजको खेल रियल मड्रिडको घरेलु मैदानमा एस्टाडियो स्यान्टियागो बर्नाब्यू हुदै छ।

यसयघि बार्सिलोनाको घरेलु मैदानमा भएको खेल ०-० ड्र भएको थियो । बार्सिलोना ला लिगा शीर्षस्थानमा रहेको छ । बार्सिलोनाको २५ खेलमा ५५ अंक छ भने रियल मड्रिडको २५ खेलमा ५३ अंक रहेको छ । रियल मड्रिड र बार्सिलोना दुवै टोलि आज जित्ने दाउ सहित मैदानमा उत्रिने छन् ।

आजको खेलमा रियल मड्रिडले जित दर्ता गरे बार्सिलोनलाइ १ अंकले उछिन्दै शिर्ष स्थानमा उक्लीने छ भने बसिलोनाले जित दर्ता गरे ५ अङ्को अग्रता स्पष्ट पर्छ ।

रियल मड्रिड सम्भावित प्लेइङ ११: थाबाउट कोर्टोइस, डानी कारभाजल, राफेल वाराने, सर्जियो रामोस, फर्मल्यान्ड मेन्डी, फेडरभल्भर्डे, केसमिरो, लुका मोड्रिक, टोनी क्रोस, करीम बेन्जेमा

बार्सिलोना सम्भावित प्लेइङ ११: मार्क-आंद्रे टेर स्टेगेन, नेल्सन सेमेडो, गेरार्ड पिक, क्लेमेन्ट लेंगेलेट, जूनियर फिर्पो, सर्जियो बुस्केट्स, फ्रेन्की डि जोङ्ग, आर्थर, आर्टुरो भिडा, लियो मेस्सी