देशराजनितीसमाचार

सरकारद्वारा सचिवहरूको सरुवा, को कहाँ परे?

सरकारद्वारा सचिवहरूको सरुवा

१७ फागुन २०७६ काठमाडौं : नेपाल सरकारले आफ्ना केही सचिवको सरुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पठाएको छ ।

त्यसैगरी महानगरका कार्यकारी अधिकृत रहेका केदार न्यौपाने भूमिसुधारमा सरुवा गरिएका छन । त्यस्तै भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिला र संघिय मामलाका सचिव यादव कोइराला स्वास्थ्य मन्त्रालयमा सरुवा भएका छन ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराल उपराष्ट्रपतिको कार्यालय पुगेका छन्।

यता अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनी कामू पाएर राजश्वमा लगिएका छन् ।