राजनितीसमाचार

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, युवक पक्राउ

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, युवक पक्राउ

१८ फागुन २०७६ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएका छन् ।

जुत्ता हान्रे जुम्लाका रतन तिरुवा रहेको प्रहरीले जनाएको छ । २०/२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षाको तयारीमा थिए ।

को हुन् प्रचण्डलाई जुत्ता हान्ने युवक?

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवक जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ ।

उनका बाबु मोहन तिरुवा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए । तिरुवाले भाषण चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको प्रहरीलाई बयान दिएका छन् ।

‘भाषण सुनिरहेको थिएँ । भाषणमा वर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा आएर जुत्ता हानेँ’ सिंहदरबार प्रहरी वृत्तमा प्रहरीसमक्ष उनले बयानमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *