प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने भन्ने प्रस्ताब गफ हो : रामकुमारी झाँक्री
प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने भन्ने प्रस्ताब गफ हो : रामकुमारी झाँक्री
१७ साउन २०७७ काठमाडौँ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक नेकपा का अर्का अध्यक्ष पुस्पा कमल दाहाललाइ आगामी मङ्सिरमा महाधिवेशन गर्ने भन्ने प्रस्ताव गफ मात्र भएको बताएकी छिन। उनले पार्टीको सचिवालय र स्थायी कमिटीले अहिलेको समस्या हल गर्न नसकेकोले आफूहरुले केन्द्रीय कमिटीको बैठक माग गरेको समेत स्पष्ट पारेकी छिन् ।
बिहीबार विहान एक रडियो कार्यक्रममा कुरा गर्दै नेतृ झाँक्रीले नेताहरुले केन्द्रीय कमिटीको बैठक नराखी सुखै नपाउनेपनि तर्क गरेकी छिन् । कुराकानीको क्रममा उनले भनेकी छिन्–‘ उहाँहरूले केन्द्रिय कमिटीको लागि तयार नभएर सुख पाउनु हुन्न । नेताको पदस्थापन गर्ने अधिकार या जेसुकै गर्ने अधिकार केन्द्रिय कमिटीमा छ ।
केन्द्रिय कमिटीले गरेको निर्णय पनि महाधिवेशनमा जानुपर्छ । त्यसो भएर उहाँहरूले नमान्न पाउनुहुन्न । धारा ५९ को (क) को ४ मा एकचौथाइ केन्द्रिय समितिले केन्द्रिय कमिटीको माग गरेमा ३० दिनभित्र केन्द्रिय कमिटीको बैठक बस्नुपर्ने व्यवस्था छ । ९ जनाको सचिवालय जसरी अनियमित भयो । उहाँहरूले सामुहिक लेनदेनको मात्र कुरा गर्नुभयो ।
आजको मुलुकले भोगेको चुनौतीबारे उहाँहरूले छलफल गर्न सक्षम हुनुभएन । त्यो काम स्थायी समितिको सदस्यले गर्नुहुन्छ कि भन्ने थियो । उहाँहरूले पनि सक्नुभएन ।’ उनले भनिन।