राजनितीसमाचार

नेकपाले तोक्यो राष्ट्रियसभाको उम्मेदवार (नामावली सहित)

नेकपाले तोक्यो राष्ट्रियसभाको उम्मेदवार (नामावली सहित)

१८ पुस २०७६ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्यमा आफ्नो पार्टीको तर्फबाट उठ्ने उम्मेदवारहरुको टुंगो लगाएको छ । आज बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो ।

सचिवालय बैठककले आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उमेद्वारहरुको टुंगो लगाएको हो ।

बैठकले प्रदेश नम्बर १ बाट इन्दु गौतम, गोपी अछामी र देवेन्द्र दाहाल, प्रदेश नम्बर २ बाट तुलसा दाहाल, राधेश्याम पासवान, प्रदेश नम्बर ३ बाट बेदुराम भुषाल र गंगा बेलवासेलाई उमेद्वार बनाउने निर्णय गरेको छ ।

बैठकले गण्डकी प्रदेशबाट भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ, प्रदेश नम्बर ५ बाट विमला घिमिरे, गोपाल भट्टराइ र जगतप्रसाद शर्मालाई उमेद्वार बनाउने निर्णय गरेको छ ।

कर्णाली प्रदेशबाट सुमित्रा विसी र माया प्रसाद आचार्य र सुदूरपश्चिम प्रदेशबाट तारामान स्वाँर र शारदा भट्टलाई उमेद्वार बनाउने निर्णय गरेको बैठकपछि नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उम्मेदवारहरुको नामावली यसप्रकार छ :

प्रदेश नम्बर १

इन्दु गौतम

देवेन्द्र दाहाल

गोपी अछामी

प्रदेश नम्बर २

तुलसा दाहाल

राधेश्याम पासवान

प्रदेश नम्बर ३

गंगा बेलवासे

डा। बेदुराम भुसाल

प्रदेश नं ४

भगवती न्यौपाने

नारायणकाजी श्रेष्ठ

प्रदेश नम्बर ५

विमला घिमिरे

गोपाल भट्टराई

जगप्रसाद शर्मा

प्रदेश नम्बर ६

सुमित्रा बिसी

मायाप्रसाद आचार्य

प्रदेश नम्बर ७

तारामान स्वाँर

शारदा भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *