खप्तड गोल्डकप: हिमालय शेर्पालाइ हराउदै थ्री स्टार फाइनलमा
खप्तड गोल्डकप: हिमालय शेर्पालाइ हराउदै थ्री स्टार फाइनलमा
१८ फागुन २०७६ धनगढी : मोफसलमा सर्बाधिक धनराशिको चौथो सुदूरपश्चिम खप्तड गोल्डकपमा सनिबारबाट सुरु भएको सेमिफाइनल खेलमा थ्री स्टारले जित हात पारेको छ। जित संगै थ्री स्टार फाइनल प्रवेश गर्ने दोश्रो टोलि बनेको छ। यस अघि सुदुर पश्चिम ११ फाइनल प्रवेश गरि सकेको छ।
थ्री स्टार क्लब र हिमालय शेर्पा क्लबबीच हसनपुर स्थिति धनगढी क्षेत्रीय रंगशालामा दिनको ३ बजे भएको खेलमा थ्री स्टारले हिमालय शेर्पा बिरुद्ध १-० गोल अन्तरको जित निकालेको हो ।
सुरुवात देखिने निक्कै नै रोमान्चक बनेको खेलमा थ्री स्टारले खेलको २४ औ मिनेटमा पहिलो गोल गर्दै हिमालय शेर्पा माथि अग्रता लिन सफल भएको थियो। थ्री स्टारका लागि आशिस राइले एक मात्र गोल गर्दै जित दिलाएका थिए। अशोक खवासको कर्नर प्रहारको फाइदा उठाउदै डिबक्स भित्र रहेका आशिषले मौका नगुमाई अवसरलाइ गोलमा परिणत गरेका थिए । जित संगै थ्री स्टार फाइनल प्रवेश गरेको छ भने हिमालय शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ।
आजको खेलमा म्यान अफ द म्याच थ्री स्टार क्लबका अनन्त तमाङ्ग बनेका छन्।
अब हुने फाइनल खेल सुदुरपश्चिम ११ र थ्री स्टार क्लब बीच कैलाली हसनपुर स्थिति धनगढी क्षेत्रीय रंगशालामा यहि फागुन २० गते मंगलबार दिनको २ बजे हुनेछ। फाइनल हुने बिजेता टोलीले २१ लाख नगद उपहार पाउने छन् भने दोश्रो हुने टोलीले १० लाख नगद प्राप्त गर्ने छन् ।
