खेलकुदफुटबल

बि डिभिजन लिग: नयाँ बस्तीको फराकिलो जित

बि डिभिजन लिग: नयाँ बस्तीको फराकिलो जित

१६ फागुन २०७६ काठमाडौँ : सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत जारि खेलमा नयाँ बस्ती युवा क्लबले जित हात पारेको छ । झम्सिखेल युवा खेललाई ५-१ गोल अन्तरले पराजित गर्दै नयाँ बस्ती दोश्रो राउन्डको खेलमा ३ अंक जोड्न सफल भएको हो।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निक्कैनै आक्रामक खेलेको नयाँ बस्तीले ५-१ को फराकिलो जित निकाल्न सफल भएको हो। नयाँ बेस्तीको जीतमा बसन्त ओझाले १ गोल ,साजन राईले १ गोल ,सुमनले एक गोल र साचु गुरुङले २ गोल गरेका थिए ।

पहिलो हाफमा फराकिलो नतिजा निकालेको नयाँ बस्तीले ३-१ अंक जोडी सकेको थियो भने दोश्रो हाफमा थप २ गोल गर्दै खेल ५-१ को अन्तरमा पुर्याउन सफल भएको थियो।