खेलकुदफुटबल

रियल मड्रिड र म्यान सिटीको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी

रियल मड्रिड र म्यान सिटीको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी

१४ फागुन २०७६ एजेन्सी: युरोपियन फुटबल प्रतोगिता च्याम्पियन्स लिग फुटबलमा आज पनि दुइ खेलहरु हुँदै छ। युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ को पहिलो लेग खेलमा घरेलु टोलि रियल मड्रिडले म्यानचेष्ट सिटीको सामना गर्दै छ ।

पहिलो लेगको अर्को खेलमा फ्रेन्चक्बल लियोनले इटालियन क्लब युभेन्ट्सको सामना गर्दै छ । रियल मड्रिड र म्यान सिटी तथा लियोन र युभेन्ट्सको खेल एउटै समयमा हुँदै छ । दुवै खेल नेपाली समय अनुसार राति १:४५ मा रहेको छ । स्पनिस क्लब रियल मड्रिड र म्यानचेष्ट सिटीको खेलको लाइभ सोनी टेन १ एसडी र एचडी मा आउने छ ।

रियल मड्रिड घरेलु लिगको दोस्रो स्थानमा रहेको छ भने इङ्ग्लिस क्लब म्यानचेष्ट सिटी पनि घरेलु लिगको दोस्रो स्थानमा  रहेको छ ।

स्पनिस क्लब रियल मड्रिडले १३ औं पटक च्याम्पियन्स लिगको उपाधि हात परेको छ भने इङ्ग्लिस क्लब म्यानचेष्ट सिटी भने उपाधि विहिन रहेको छ ।

रियल मड्रिडको सम्भावित प्लेइङ ११:कोर्टियस,कारभाजल,भाराने,रामोस,मेंडी, भल्भर्डे,मोड्रिक, केसमिरो,क्रोस,ईस्को

म्यानचेष्ट सिटीको सम्भावित प्लेइङ ११: ईडरसन, वाकर, फर्नान्डिन्हो, ल्यापोर्टे,मेन्डी, डी ब्रूने, रोड्रिगो,बर्नार्डो, महरेज, अगुइरो, स्टर्लिंग

अहिले सम्मका च्याम्पियन्स लिग बिजेताहरु
१ . रियल म्याड्रिड (स्पेन) १३ पटक

२. एसी मिलान (इटाली) ७ पटक

३. लिभरपूल (इंगल्याण्ड) ६ पटक

४. बार्सिलोना/बार्यन म्युनिख (स्पेन/जर्मनी) ५/५ पटक

५. अज्याक्स (नेदरल्याण्ड ) ४ पटक

६. म्यानचेस्टर युनाइटेड/इन्टर मिलान (इंगल्याण्ड/इटाली ) ३ पटक

७ . जुभेन्टस / बेन्फिका / पोर्टो / नाटिंगहाम फरेस्ट (इटाली/ पोर्चुगल/इंगल्याण्ड) २ पटक