च्याम्पियन्स लिगः साविक विजेता लिभरपुल भर्सेस एट्लेटिको मड्रिड
च्याम्पियन्स लिगः साविक विजेता लिभरपुल भर्सेस एट्लेटिको मड्रिड
२८ फागुन २०७६ एजेन्सी: युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नक आउट चरणको खेलहरु हिजोबाट सुरु भएको छ। अन्तिम १६ को दोस्रो लेगको खेलमा आज स्पनिस क्लब एट्लेटिको मड्रिडले साबिक बिजेता लिभरपुलको सामना गर्दै छ ।
स्पनिस क्लब एट्लेटि मड्रिड विरुद्ध साविक विजेता लिभरपुलको खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।
पहिलो लेगको खेलमा लिभरपुल एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएको लिभरपुल घरेलु मैदानमा सानदार कमव्याक गर्ने दाउमा रहेको छ ।
लिभरपुलले हालसम्म ६ पटक च्याम्पियन्स लिगको उपाधि हात परेको छ भने एट्लेटिको मड्रिड उपाधि बिहिन रहेको छ । इङ्ग्लिस क्लब लिभरपुल प्रिमियर लिगको शिर्ष स्थान रहेको छ भने एट्लेटि मड्रिड ला लिगाको चौथो स्थनमा रहेको छ ।
बोरुसिया डोर्टमण्ड एक पटक मात्र च्याम्पियन्स लिगको उपाधि हात परेको छ भने पेरिस सेन्ट जेर्मन उपाधि बिहिन रहेको छ ।
अहिले सम्मका च्याम्पियन्स लिग बिजेताहरु
१. रियल म्याड्रिड (स्पेन) १३ पटक
२. एसी मिलान (इटाली) ७ पटक
३. लिभरपूल (इंगल्याण्ड) ६ पटक
४. बार्सिलोना/बार्यन म्युनिख (स्पेन/जर्मनी) ५/५ पटक
५. अज्याक्स (नेदरल्याण्ड ) ४ पटक
६. म्यानचेस्टर युनाइटेड/इन्टर मिलान (इंगल्याण्ड/इटाली ) ३ पटक
७ . जुभेन्टस / बेन्फिका / पोर्टो / नाटिंगहाम फरेस्ट (इटाली/ पोर्चुगल/इंगल्याण्ड) २ पटक
