खेलकुदफुटबल

च्याम्पियन्स लिगमा आज नापोली _बार्सिलोना र चेल्सी_वायर्ण भिड्दै

च्याम्पियन्स लिगमा आज नापोली _बार्सिलोना र चेल्सी_वायर्ण भिड्दै

१३ फागुन २०७६ एजेन्सी: युरोपियन फुटबल प्रतोगिता च्याम्पियन्स लिग फुटबलमा आज पनि दुइ खेलहरु हुँदै छ। युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ को पहिलो लेगको खेल हुँदै छ ।

पहिलो लेगको खेल अन्तर्गत आज इटालियन क्लब नापोलीले स्पेनिस क्लब बार्सिलोनाविरुद्ध खेल्दै छ भने अर्को खेलमा इङ्ग्लिस क्लब चेल्सीले आफ्नो घरेलु मैदानमा जर्मन क्लब वायर्ण म्युनिकसँग खेल खेल्दैछ।

नापोली बिरुद्ध बार्सिलोना र इङ्ग्लिस क्लब चेल्सी बिरुद्ध जर्मन क्लब वायर्ण म्युनिकको खेल एउटै समयमा हुँदै छ । दुवै खेल नेपाली समय अनुसार राति १:४५ मा रहेको छ ।

घरेलु लिगमा इटालियन क्लब नापोली तेस्रो स्थानमा रहेको छ भने स्पनिस क्लब बार्सिलोना पहिलो स्थानमा रहेको छ । यता, इङ्ग्लिस क्लब चेल्सी अंक तालिकाको चौथो स्थानमा रहेको छ भने जर्मन क्लब वायर्ण अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

इटालियन क्लब नापोलीले हालसम्म च्याम्पियन्स लिग फुटबलको उपाधि हात परेको छैन भने स्पनिस क्लब बार्सिलोनाले ५ पटक च्याम्पियन्स लिग फुटबलको उपाधि हात परेको छ ।

अहिले सम्मका च्याम्पियन्स लिग बिजेताहरु
. रियल म्याड्रिड (स्पेन) १३ पटक

२. एसी मिलान (इटाली) ७ पटक

३. लिभरपूल (इंगल्याण्ड) ६ पटक

४. बार्सिलोना/बार्यन म्युनिख (स्पेन/जर्मनी) ५/५ पटक

५. अज्याक्स (नेदरल्याण्ड ) ४ पटक

६. म्यानचेस्टर युनाइटेड/इन्टर मिलान (इंगल्याण्ड/इटाली ) ३ पटक

७ . जुभेन्टस / बेन्फिका / पोर्टो / नाटिंगहाम फरेस्ट (इटाली/ पोर्चुगल/इंगल्याण्ड) २ पटक