च्वाट्टै घाँटी छिनाएर आएकालाई करोडौं भ्रष्टाचारमा पाप–धर्म कुरै आउँदैन : प्रदिप गिरी
च्वाट्टै घाँटी छिनाएर आएकालाई करोडौं भ्रष्टाचारमा पाप–धर्म कुरै आउँदैन : प्रदिप गिरी
१३ फागुन २०७६ काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रखर बक्ता रकेहा केन्द्रीय सदस्य एवं सांसद प्रदीप गिरीले मान्छे काट्नु र मार्नु जस्तो महापाप र अधर्मी मान्यतालाई केही होईन भन्ने कम्युनिष्टहरुलाई त्यही जनताको करोडौं रुपैया भ्रष्टाचार गर्नु समान्य कुरो भएको आरोप लगाएका छन् ।
नेपाली काँग्रेसले दुई लाठीलाई दुई करोड खर्चगर्न सक्ने अवस्थाको नेकपालाई त्यही ढंङ्गले परास्त गर्न तम्सियो भने महाभूल हुने भन्दै गिरीले नेकपाले गरेका संविधान विपरित मुद्धाहरु, भष्टाचार, दूराचार, हिंसा, सर्वसत्तावादलाई अहिंसात्मक आन्दोलनबाट मात्र परास्त गर्न सकिन सुझाव दिएका हुन् ।
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको महेन्द्रनारायण निधिको ९८औँ जन्मजयन्ती समारोहमा गिरीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हत्या, हिंसा, दूराचारलाई नै प्रश्रय दिएको आरोप लगाए ।
