क्रिकेटखेलकुद

ईपिएल खेल्ने विदेशी खेलाडीहरुको उपडेट

ईपिएल खेल्ने विदेशी खेलाडीहरुको उपडेट

१३ फागुन २०७६ काठमाडौँ : एभरेष्ट प्रिमियर लिग(ईपिएल) काठमाडौँमा यही चैत्र १ देखि सुरु हुँदै छ । गत सिजनको बिजेता ललितपुर पेट्रिएट्स बाहेक सबै ५ टिमहरुले खेलाडीहरु रिलिज गर्दै नयाँ खेलाडीहरु टिममा भित्र्याएका छन् । यो बर्ष ललितपुर पेट्रिएट्सले कुनै पनि नेपाली खेलाडीलाई रिलिज र अनुबन्ध गरेका छैन् ।

हिजो भखरै गत सिजनको विजेता ललितपुर पेट्रिएट्सले तिन जना पाकिस्तानी खेलाडी हरु लाई अनुबन्ध गरेको छ ।

यो सिजन क्रिकेट जगतक ठुला नामहरुको पनि सहभागिता रहेको छ । यो सिजन यो सिजनको ठुलो नाम हरुमा क्रिश गेल, हसिम अमला, ड्यन स्मिथ, केस्रिक विलियम्स, मोहम्मद सहजाद, पउल स्टलिङ, केभिन ओब्राइम, उपुल थरंगा लगायतको आगमनले लिग विशेष हुने देखिएको छ ।

भैरहवा ग्ल्याडीएटर :
रिलिज गरिएको खेलाडी – प्रकाश केसी र भुपेन्द्र थापा
अनुबन्ध गरेको खेलाडी – हिमांशु दत्ता ( ५५ हजार ), विकास आग्री ( ५० हजार )

भैरहवा ग्ल्याडीएटर टिम : शरद भेसावकर, प्रदिप ऐरी, आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दिपेश श्रेष्ठ, रोहित पौडेल, हरि शंकर शाह, अविनाश बोहरा, कुशल मल्ल, विकास आग्री, हिमांशु दत्ता

विदेश खलाडी भैरहवा ग्ल्याडीएटर टिम: ड्यन स्मिथ

बिराटनगर वारियर्स :
रिलिज गरिएको खेलाडी – पुष्प थापा, बिनोद लामा र रोबिन क्षेत्री
अनुबन्ध गरेको खेलाडी – अनिल खरेल ( १ लाख २७ हजार ),बिक्रम भुसाल (१लाख१७ हजार) सौरभ खनाल ( १ लाख ७ हजार )

बिराटनगर वारियर्स टिम : पारस खड्का, करन केसी, बसन्त रेग्मी, मोहम्मद आसिफ शेख, अनिल शाह, सुमित महर्जन, रामनरेश गिरि, हरि बहादुर चौहान, अनिल खरेल, बिक्रम भुसाल, सौरभ खनाल । स्पिनर अनिल खरेल इपिएलमा सर्वाधिक महँगा खेलाडी बन्न पुगेका छन् । बिराटनगर वारियर्स टिमले अनिल खरेललाइ सर्वाधिक महँगा मुल्यमा अनुबोधन गर्न सफल भएको छ।

विदेश खलाडी बिराटनगर वारियर्स टिम :

चितवन टाईगर्स :
रिलिज गरिएको खेलाडी – पृथु बास्कोटा
अनुबन्ध गरेको खेलाडी – खडक बोहरा (५० हजार )

चितवन टाईगर्सको टिम: सोमपाल कामि, सन्दिप सुनार, शाहब आलम, दिलिप नाथ, ललित भण्डारी, कमल सिंह ऐरी, भिम शार्की, सागर ढकाल, आदील खान, इशान पाण्डे, खडक बोहरा

विदेश खलाडी चितवन टाईगर्सबाट: मोहम्मद सहजाद,पउल स्टलिङ

काठमाडौँ किंग्स ११ :
रिलिज गरिएको खेलाडी – सिद्धान्त लोहनी, बिक्रम भुसाल र पुरन बि.क.
अनुबन्ध गरेको खेलाडी – शेर मल्ल( ८६ हजार ),अमृत भट्टराई ( ५१ हजार ),दिपेन्द्र रावत (५१ हजार )

काठमाडौँ किंग्स ११ टिम : सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, संसाद शेख, अमर सिंह रौटेला, सुबास खकुरेल, आकाश चन्द, अमृत भट्टराई, शेर मल्ल, दिपेन्द्र रावत
विदेश खलाडी काठमाडौँ किंग्स ११ बाट: केभिन ओब्राइम

पोखरा राइनोज :
रिलिज गरिएको खेलाडी – राजेश पुलामी, सौरभ खनाल, शुबेन्दु पाण्डे
अनुबन्ध गरेको खेलाडी – रित गौतम ( १ लाख २० हजार ) , पृथु बास्कोटा (७५ हजार), बिबेक यादब ( ६० हजार ), बिपिन रावल ( ५० हजार )

पोखरा राइनोज टिम: बिनोद भण्डारी, सुनिल धमला, किशोर महतो, सुशन भारि, बिक्रम सोब, बिपिन खत्री, नन्दन यादब, लोकेश बम, देभ शाह, रित गौतम, बिपिन रावल, पृथु बास्कोटा र बिबेक यादब

विदेश खेलाडी पोखरा राइनोज टिमबाट: क्रिश गेल,हसिम अमला,जर्ज मुन्से र केस्रिक विलियम्स

ललितपुर पेट्रिएट्स टिम:ज्ञानेन्द्र मल्ल, शंकर राना, ललित राजबंशी, कुशल भुर्तेल, पवन सर्राफ, सोनु तामांग, रासिद खान, सन्दिप जोरा, नारायण जोशी, योगेन्द्र सिंह कार्की, सुर्य तामांग

विदेश खलाडीललितपुर पेट्रिएट्सबाट: उपुल थरंगा,हामद आजम,मिर हम्जा र हसन खान