क्रिकेटखेलकुद

काठमाडौँमा हुने एभरेष्ट प्रिमियर लिगलाई आइसिसीको मान्यता

काठमाडौँमा हुने एभरेष्ट प्रिमियर लिगलाई आइसिसीको मान्यता

२४ माघ २०७६ काठमाडौँ: काठमाडौँमा हुने एभरेष्ट प्रिमियर लिगलाई आइसिसीको मान्यता दिएको छ । चैत १ देखि १५ सम्म काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)लाई आइसिसीले आधिकारिक मान्यता दिएको हो ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर टेस्ट राष्ट्रका खेलाडीहरु लिग खेल्न आउदै छन् । नेपाल खेल्न आउने खेलाडीमा वेष्ट इन्डिजका क्रिस गेल, ड्वाने स्मिथ, श्रीलङ्काका उपुल थरङ्गा, अफगानिस्तानका मोहमद साहजाद लगायत खेलाडीहरु आउदै छन् ।

यस्तै अन्य विदेशी खेलाडीहरुको नाम सार्वजनिक हुन बाँकी छ । ईपीएल टी २० मा ६ फ्रेन्चाइज टोलीमा काठमाडौँ किङ्ग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, चितवन टाइगर्स, पोखरा राइनोज, विराटनगर वारिवर्स र भैरहवा ग्लाडीयटर्स प्रतिस्पर्धा गर्नेछन्