खेलकुदफुटबल

आरसिटि र झ्म्सीखेलको बराबरि

आरसिटि र झ्म्सीखेलको बराबरि

१३ फागुन २०७६: सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज बी डिभिजन लिगको दोस्रो खेल झम्सिखेल युथ क्लब र रानीपोखरी कर्नर टिमबिच भएको थियो ।

आज भएको दोस्रो खेलमा आरसिटि र झम्सी खेलबराबरिमा सकिएको छ। आरसिटि र झसिखेल १-१ को बराबरिमा सकिएको छ।

आरसिटिको जीतमा अमर दङ्गो खेलको २८ मिनेटमा गोल गरेका थिए। झसीखेलको लागि इन्जुरी समयमा अनिश चौधरी गोल गर्दै बराबरिमा ल्याका थिए ।

यही फागुन ११ गते आइतबारबाट शुरु भएको प्रतियोगिताको एन्फाले अघिल्लो बुधवार पत्रकार समेलन गरी खेल तालिका सार्वजनिक गरेको थियो । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिग चैत २३ गते सकिनेछ ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।

बी डिभिजन लिगको शिर्ष स्थानमा रहने एक टोलि ए डिभिजन बढुवा हुन्छ भने अंक तालिकाको पुछारमा रहने एक टोलि सि डिभिजनमा घटुवा हुन्छ ।