खेलकुदफुटबल

नापोली र बार्सिलोनाको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी

नापोली र बार्सिलोनाको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी

१३ फागुन २०७६ एजेन्सी: युरोपियन फुटबल प्रतोगिता च्याम्पियन्स लिग फुटबलमा आज पनि दुइ खेलहरु हुँदै छ। युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ को पहिलो लेग खेलमा घरेलु टोलि नापोलीले बार्सिलोनासँग भिड्दै छ ।

पहिलो लेगको अर्को खेलमा इङ्ग्लिस क्लब चेल्सीले आफ्नो घरेलु मैदानमा जर्मन क्लब वायर्ण म्युनिकसँग खेल खेल्दैछ।

इटालियन क्लब नापोलीले र स्पेनिस क्लब बार्सिलोनाको खेल नेपाली समय अनुसार राति १:४५ मा रहेको छ । इटालियन क्लब नापोलीले र स्पेनिस क्लब बार्सिलोनाको खेलको लाइभ सोनी टेन २ एसडी र एचडी मा आउने छ ।

घरेलु लिगमा इटालियन क्लब नापोली तेस्रो स्थानमा रहेको छ भने स्पनिस क्लब बार्सिलोना पहिलो स्थानमा रहेको छ । ईटालियन क्लब नापोलीले हालसम्म च्याम्पियन्स लिग फुटबलको उपाधि हात परेको छैन भने स्पनिस क्लब बार्सिलोनाले ५ पटक च्याम्पियन्स लिग फुटबलको उपाधि हात परेको छ ।

सम्भावित प्लेइङ ११:
बार्सिलोना(४-३-३): टेर स्टेगेन, सेमेडो, पिक्यु, लेन्गलट, फिर्पो; डी जोंग, बुस्केट्स, आर्थर; मेस्सी, ग्रिज्म्यान, विडाल

नापोली(४-३-३): मेरिट,डि लोरेन्जो,मानोलस,मकसिमोभिक,मारियो रुई,फाबियन, डेममे,जिलेन्स्के,कलेजोन,मेरटेन्स,इन्साइन

नापोलीको घरेलु मैदानमा उत्रिदा बार्सिलोनाले  चोटका कारण केहि प्रमुख खलाडीहरु टिममा  समाबेस भएका छैनन्  ।

अहिले सम्मका च्याम्पियन्स लिग बिजेताहरु
. रियल म्याड्रिड (स्पेन) १३ पटक

२. एसी मिलान (इटाली) ७ पटक

३. लिभरपूल (इंगल्याण्ड) ६ पटक

४. बार्सिलोना/बार्यन म्युनिख (स्पेन/जर्मनी) ५/५ पटक

५. अज्याक्स (नेदरल्याण्ड ) ४ पटक

६. म्यानचेस्टर युनाइटेड/इन्टर मिलान (इंगल्याण्ड/इटाली ) ३ पटक

७ . जुभेन्टस / बेन्फिका / पोर्टो / नाटिंगहाम फरेस्ट (इटाली/ पोर्चुगल/इंगल्याण्ड) २ पटकउसमान