खेलकुदफुटबल

बि डिभिजन लिगमा आज दुई खेल हुँदै-सम्पूर्ण जानकारी

बि डिभिजन लिगमा आज दुई खेल हुँदै-सम्पूर्ण जानकारी

१३ फागुन २०७६ काठमाडौँ: बी डिभिजन लिगमा आज दुइ खेल हुँदै छ। सातदोबाटोस्थित एन्फा
कम्प्लेक्स मैदानमा आज हुने बी डिभिजन लिगको पहिलो खेल नँया बस्ती यूवा क्लब बिरुद्ध सातदोबाटो यूथ क्लबबिच हुँदै छ भने दोस्रो खेल झम्सिखेल युथ क्लबले रानीपोखरी कर्नर टिमबिरुद्ध खेल्दै छ ।

नँया बस्ती यूवा क्लब र सातदोबाटो यूथ क्लबबिच पहिलो खेल १२:३० बजे देखि सुरु हुँदै छ भने झम्सिखेल युथ क्लब र रानीपोखरी कर्नर टिमको दोस्रो खेल ३:३० बजे देखि सुरु हुँदै छ ।

यही फागुन ११ (हिजो बाट) गते आइतबारबाट शुरु हुने प्रतियोगिताको एन्फाले अघिल्लो बुधवार पत्रकार समेलन गरी खेल तालिका सार्वजनिक गरेको थियो । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिग चैत २३ गते सकिनेछ ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।

बी डिभिजन लिगको शिर्ष स्थानमा रहने एक टोलि ए डिभिजन बढुवा हुन्छ भने अंक तालिकाको पुछारमा रहने एक टोलि सि डिभिजनमा घटुवा हुन्छ ।