खेलकुदफुटबल

लिभरपुलको क्रितिमानी, उपाधिबाट चार जित दाढा

लिभरपुलको क्रितिमानी, उपाधिबाट चार जित दाढा

१३ फागुन २०७६ एजेन्सी: इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रितिमानी जित दर्ता गरेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले वेष्ट ह्यामलाई ३-२ ले पराजित गर्दै जित दर्ता गरेको छ । लिभरपुललाइ जित दिलाउन साडीयो माने, मोहम्मद साहल र गेर्गियोले गोल गरेका थिए । वेष्ट ह्यामका लागि भने इस्सा दियोप र पब्लो फोर्नाल्सले गोल गरेका थिए ।

निकै प्रतिस्पर्धामक् खेलमा लिभरपुलका जर्जिन्हो विज्नाल्डमले खेलको ९ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए तर खेलमा लिभरपुलले धेरैबेर अग्रता कायम गर्न सक्दैन् । वेष्ट ह्यामका इस्सा डियोपले खेलको १२ मिनेटमा गोल गर्दै लिभरपुलको अग्रतालाइ बराबरीमा ल्याउछन् ।

इस्सा डियोपको बराबरी गोल संगै पहिलो हाफ बराबरीमा समाप्त हुन्छ । खेलको दोस्रो दोस्रो हफ्मा लिभरपुलले थप २ गोल गर्छ भने वेष्ट ह्यामले एक गोल गर्छ । खेलको ५४ औं मिनेटमा पब्लो फोर्नाल्सले गोल गर्दै लिभरपुलले २-१ पछि पर्छ । १ गोलले पछि परेको लिभरपुलका लागि मोहम्मद साहलले ६८ औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउछ्न ।

त्यसपछि खेलको ८१ औं मिनेटमा सडियो मानेले गोल गर्दै लिभरपुले जित दर्ता गर्छ । जितसंगै लिभरले इंग्लिश प्रिमियर लिग फुटबलमा २२ अंक अग्रता कायम गरेको छ । लिभरपुलले २७ खेलबाट ७९ अंक जोडेको छ । लिभरपुलले २७ खेलबाट २६ खेलमा जित दर्ता गरेको छ । पराजित वेष्ट ह्याम २४ अंक सहित १८ औं स्थानमा रहेको छ ।

जितसँगै लिभरपुलले म्यानसिटि सँगको क्रितिमान बराबरी गरेको छ । लगातार १८ औं खेलमा जित दर्ता गर्दै लिभरपुलले म्यानसिटि सँगको क्रितिमान बराबरी गरेको हो । यो क्रितिमान म्यानसिटिले सन् २०१८ बनाएको थियो ।

अब लिभरपुलले लगातर ४ खेलमा जित दर्ता गरे उपाधि हात पर्ने छ ।