फुटबल

३० वर्षपछि प्रिमियर लिग च्यापियन बन्दै लिभरपुल: अब दुइ जित टाढा

३० वर्षपछि प्रिमियर लिग च्यापियन बन्दै लिभरपुल: अब दुइ जित टाढा

२९ फागुन २०७६ एजेन्सी: जारि सिजन लिग लिडर लिभरपुल इग्लिश प्रिमियरको उपाधि नजिक पुगेको छ । लिभरपुललाई उपाधि हात पर्ने मात्र ६ पोइन्ट अर्थात् २ जितको अवशयकता रहेको छ ।

गत सिजनको विजेता म्यानचेष्ट सिटी म्यानचेष्ट युनाईटेडसँग २-० ले पराजित भएपछि लिभरपुलको उपाधि दोर छोटो भएको हो । २९ खेलबाट लिभरपुलको ८२ अङ्क रहँदा म्यानचेष्ट सिटी ५७ अंकमा सिमित छ । हाल लिभरपुल दोस्रो स्थानमा म्यानचेष्ट सिटी भन्दा २५ अंक अघि रहेको छ ।

अब लिभरपुलले २ खेलमा जिते इग्लिश प्रिमियरको उपाधि हात पर्छ। लिभरपुल अब १७ मार्चमा एभरटनसँग र २१ मार्चमा क्रस्टल प्यलेसँग खेल्ने छ । यदी त्यसअघि म्यानसिटीले बुर्नेलीसंग हुने खेलमा पराजित भए र लिभरपुलले एभरटनसँगको खेल जिते उपाधि हात पार्ने छ ।