बि डिभिजन लिग : टुसालको सुखद सुरुवात
१२ फागुन २०७६: टुसाल युथ क्लबले सहिद स्मारक बि डिभिजनमा फुटबलमा सुखद सुरुवात गरेको छ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा पुलचोक क्लबलाइ २-० ले पराजित गर्दै सुख्द सुरुवात गरेको हो ।
टुसालको जितमा रबि राई र प्रकाश भुजेलले गोल गरेका थिए ।
पहिलो गोल रबिले १३ औ मिनेटमा गरे भने दोस्रो गोल प्रकाशले ७७ औ मिनेटमा गरे।
जितसंगै टुसाल ३ अक जोडन सफल भएको छ ।

