मनोरंजन

नायिका आँचल शर्माले गरिन उदीपसँग इन्गेजमेन्ट

नायिका आँचल शर्माले गरिन उदीपसँग इन्गेजमेन्ट

१६ फागुन २०७६ काठमाडौँ : नायिका आँचल शर्मा र उदिप श्रेष्ठबीच इन्गेजमेन्ट भएको छ । दुवैले सोमबार काठमाडौँमा इन्गेजमेन्ट गरेका हुन्।

चलचित्र ‘नाई नभन्नु ल–४’ बाट चलचित्रमा अभिनयको यात्रा आरम्भ गरेकी अभिनेत्री आँचलले डा उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् ।

शर्मा र श्रेष्ठले सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन्। उदिप र आँचल केही समय अगाडिदेखि प्रेममा छन्।

उनीहरुको फागुन अन्तिम साता विवाह हुने बताइएको छ। विवाहपछि पनि आँचलले चलचित्र क्षेत्रबाट टाढा नहुने बताएकी छिन् ।