खेलकुदफुटबल

ग्रिजम्यान र रोबट्रो नायक बन्दा बार्सिलोना विजयी

ग्रिजम्यान र रोबट्रो नायक बन्दा बार्सिलोना विजयी

४ फागुन २०७६ एजेन्सी: सनिबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । साविक विजेता बार्सिलोनाले गेटाफेलाई २-१ले पराजित छ। गेटाफेबाट सान्तोना गोल एन्जेल रोड्रीजले गरेका थिए।

घरेलु मैदानमा जित दर्ता गर्न बार्सिलोनालाई केहि कठीन परेको थियो। बार्सिलोना र गेटाफेको खेलमा पहिलो गोल ३३ औं मिनेटमा भएको थियो। सो गोल बार्सिलोनाका ग्रिजम्यान गरेका थिए। खेलको ६ मिनेटपछि बार्सिलोनाले अग्रता दोब्बर बनाऊ छ। खेलको ३९ औं मिनेटमा गोल गर्दै पहिलो हाफ २-० अग्रता बनाउन सफल भयो । सो गोल रोबट्रोले गरेका हुन्छन।

दोस्रो हाफको ६६ औं मिनेटमा गेटाफेका लागि एन्जेल रोड्रीजले गोल गर्छन र खेललाई केहि समय रोमान्चक मोडमा लिएर आउछन् । खेललाई केहि समय रोमान्चक मोडमा लिएर गेटाफेबाट दोस्रो गोल हुन् सक्दैन् र बार्सिलोनाले खेल २-१ ले जित्छ ।

जितसँगै बार्सिलोनाले २४ खेलबाट ५२ अंक जोडेको छ र रियल मड्रिड सँग अंक बराबरी गर्छ । एक खेल कम खेलेको रियल मड्रिड ५२ अंक संगै गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहेको छ । लिगमा ४२ अंक जोडेको गेटाफे तेस्रो स्थानमा रहेको छ ।