२०२० को पहिलो खेलमा रोनाल्डोको ह्याट्रिक: युभेन्टसको फराकिलो जित
२०२० को पहिलो खेलमा रोनाल्डोको ह्याट्रिक: युभेन्टसको फराकिलो जित
२२ पौष २०७६ एजेन्सी: क्रिस्टियानो रोनाल्डोले नँया वर्ष २०२० को पहिलो खेलमै ह्याट्रिक गरेका छन् । सोमबार भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ४-० गोल अन्तरले पराजित गरेको थियो। घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरेका थिए ।
क्रिस्टियानो रोनाल्डोले पहिलो गोल ४९ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिएका थिए। ६७ औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै रोनाल्डोले युभेन्ट्सकोलागि अग्रता दोब्बर परेका थिए । खेलको ८१ औं मिनेटमा हिगुईनले गोल गर्दै घरेलु टोलीको अग्रता ३-० को बनाए ।त्यसपछि खेलको ८२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दै युभेन्ट्सलाई फराकिलो जित दिलाए । योसँगै रोनाल्डोले नँया बर्ष २०२० को पहिलो ह्याट्रिक पुरा गरेका छन् ।
क्रिस्टियानो रोनाल्डो तिन लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन् । यो जितसँगै युभेन्टस गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ। युभेन्टसले १८ खेलमा ४५ अंक जोडेको छ । गोल अन्तरको आधारमा भने इन्टर मिलन पहिलो स्थानमा रहेको छ । इन्टर मिलनको १८ खेलबाट ४५ अंक रहेको छ । जारि सिजनमा क्रिस्टियानो रोनाल्डोले १५ खेलबाट १३ गोल गर्दै २ असिस्ट गरेका छन् ।