फुटबल

रोनाल्डोको दुई गोलमा युभेन्टसको जित

रोनाल्डोको दुई गोलमा युभेन्टसको जित

६ साउन २०७७ काठमाडौँ : क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टसले सोमबार लाजियोलाई २–१ ले हराएको छ । यो जितसँगै युभेन्टस इटालीको सिरी ए उपाधि नजिक पुगेको छ । युभेन्टस लगातार नवौं उपाधिको संघारमा छ ।

रोनाल्डोले ५१ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे र त्यसको तीन मिनेटपछि दोस्रो गोल पनि थपे । लाजियोका लागि काएरो इमोबाइलले एक गोल फर्काए ।
इमोबाइल र रोनाल्डो दुवैको लिगमा ३०/३० गोल पुगेको छ । युभेन्टसको ८० अंक भएको छ र यो इन्टर मिलानमाथि आठ अंकको अग्रता हो । लिगमा चार चरणका खेल हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *