मनोरंजन

बलिउड अभिनेत्री शिल्पा बनिन आमा

बलिउड अभिनेत्री शिल्पा बनिन आमा

१० फागुन २०७६ मुम्बई : कुनै समय बलिवुड चलचित्र क्षेत्रमा एकछत्र राज गर्न सफल अभिनेत्री शिल्पा सेट्टी दोस्रो पटक आमा बनेकी छन् । ४४ बर्षीय शिल्पाले बेबी गर्लको घरमा प्रवेश भएको आफ्नो ट्विटर मार्फत जानकारी गराएकी छन् ।

पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएका राज कुन्द्रा र शिल्पाले यस पटक छोरीलाई जन्म दिएको बताएका छन् । उनीहरुले छोरीको नाम समिशा शेट्टी कुंद्रा रहेको पनि समाजिक सञ्जालबाटै घोषणा गरेका छन् ।

बच्चाको जन्म १५ फेब्रुअरीमा भएको समेत खुलासा गरेका छन् । शिल्पा शेट्टीको जन्म सन् १९७५ जुन ८ मा भारतको मेगलुरुमा भएको थियो भने उनले सन् १९९१ बाट मोडलिङ गर्न थालेकी थिइन् ।