बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड शीर्ष स्थानमा
बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड शीर्ष स्थानमा
१९ माघ २०७६ एजेन्सी : बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ। सनिबारबार राति भएको खेलमा एटलेटिको म्याड्रिडलाई पराजित गर्दै रियल मड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा रियल मड्रिडले १-० को जित दर्ता गरेको छ ।
सनिबार राति भएको खेलमाकरिम बेन्जिमाले ५६ औ मिनेटमा महत्पूर्ण गोल गर्दै रियल मड्रिडलाइ जित दिलाए । फर्लान्ड मेन्डीको पासलाई सदुपयोग गर्दै नाचोले ५६ औ मिनेटमा महत्पूर्ण गोल गरेका थिए ।
जितसँगै रियल मड्रिडको २२ खेलबाट ४९ अंक पुगेको छ । २१ खेल बार्सिलोनाको ४३ अंक रहेको छ।बार्सिलोना आज (आइतबार) राति लेभान्तेकोसँग खेल्ने छ। एटलेटिको म्याड्रिड ३६ अंक जोडेर छैठौ औं स्थानमा छ ।